झापामा श्रोत नखुलेको १३ लाख रुपैयाँसहित एकजना पक्राउ



झापा । प्रहरीले स्रोत नखुलेको १३ लाख ६० हजारसहित एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा गाउँपालिका– १ निवासी ५४ वर्षीय तेजबहादुर गणेश रहेका छन् । विशेष सूचनाका आधारमा उनलाई इलाका प्रहरी कार्यालय कुमरखोदको प्रहरी टोलीले नेपाल–भारत सीमास्थित लसुना बोर्डरबाट आज पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

नगद लिएर भारतबाट नेपाल आइरहेका गणेश प्रहरीको टोली देखेपछि नजिकै रहेको घरतिर भागेका थिए । गणेशलाई घर नजिकैबाट रकमसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।


पक्राउ परेका गणेशका साथबाट एक हजार दरका नौ सय नोट, पाँच सय रुपैयाँका नोट आठ सय र एक सय दरका नोट छ सय बरामद भएको बताइएको छ । पक्राउ परेका गणेशलाई राजस्व अनुसन्धान कार्यालय इटहरी पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।