जनताको साथमा कांग्रेस अभियानलाई प्रतिनिधि परिचालन



खजुरा । नेपाली कांग्रेस बाँकेले ‘जनताको साथमा कांग्रेस’ अभियानका लागि जिल्लाका आठवटै पालिकामा जिल्ला प्रतिनिधि खटाएको छ ।

केन्द्रले सञ्चालन गरेको अभियानलाई प्रभावकारी बनाउन जिल्लास्तरबाट पालिकामा एक–एक प्रतिनिधि खटाइएको कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलले बताए । सभापति गौडेलका अनुसार जिल्ला प्रतिनिधिका रुपमा पार्टी पदाधिकारीलाई नै खटाइएको हो ।


जिल्ला कार्यसमितिका उपसभापति गोपालप्रसाद अधिकारीलाई डुडुवा गाउँपालिका, अर्का उपसभापति कृष्णबहादुर कार्कीलाई कोहलपुर नगरपालिका, सचिवद्वय सुधांशु कोइरालालाई नेपालगञ्ज उपमहानगरपालिका र सञ्जुकुमारी चौधरीलाई नरैनापुर गाउँपालिका, कोषाध्यक्ष यज्ञबहादुर बस्नेतलाई बैजनाथ गाउँपालिका, सहसचिवद्वय रेणुसिंह ठाकुरलाई जानकी र विनोदकुमार थारुलाई खजुरा गाउँपालिकामा जिल्ला प्रतिनिधिका रुपमा खटाइएको छ ।

यस्तै पार्टी प्रवक्ता डिल्ली गिरीलाई राप्तीसोनारी गाउँपालिकाको प्रतिनिधिका रुपमा खटाइएको सभापति गौडेलले बताए । यही मङ्सिंर ४ गते तोकिएको प्रदेशसभा र प्रतिनिधीसभा सदस्य निर्वाचनको व्यवस्थापनका लागि प्रतिनिधि खटाइएको हो ।