चिनियाँ राष्ट्रपति सी चिनफिङले सोमबार जापानी प्रधानमन्त्री फुमियो किशिदालाई कोभिड–१९ को सङ्क्रमित भएकोमा सहानुभूतिको सन्देश पठाएका छन् ।
आफ्नो सन्देशमा राष्ट्रपति सीले किशिदालाई कोरोना भाइरसको संक्रमण भएको थाहा पाएपछि सहानुभूति प्रकट गर्दै उकोन शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
यस वर्ष चीन-जापान कूटनीतिक सम्बन्धको सामान्यीकरण भएको ५०औँ वार्षिकोत्सवको सन्दर्भ उल्लेख गर्दै राष्ट्रपति सीले नयाँ युगको आवश्यकता पूरा गर्ने गरी चीन-जापान सम्बन्धलाई थप प्रवर्द्धन गर्न प्रधानमन्त्री किशिदासँग मिलेर काम गर्न इच्छुक रहेको बताएका छन्
। चिनियाँ प्रधानमन्त्री ली खछ्याङले पनि प्रधानमन्त्री किशिदाप्रति सहानुभूति प्रकट गरेका छन्।