कोरोनाबाट एकैदिन पाँचको मृत्यु, थप ८१५ मा संक्रमण



काठमाडौँ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट पाँच जनाको मृत्यु भएको छ ।

४७६ जना संक्रमणबाट मुक्त हुँदा पाँच जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म काराेना संक्रमणबाट ११ हजार ९८२ जनाको मृत्यु भइसकेको छ ।


पछिल्लो २४ घण्टामा थप ८१५ जना सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ । ४ हजार ५३४ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ४६५ जना तथा एन्टिजेन विधिबाट ३५० जनामा सङ्क्रमण पुष्टि भएको हो ।

हाल कोरोना सक्रिय संक्रमितको संख्या ५८६९ पुगेको छ।  

यस्तै पछिल्लो २४ घण्टामा ३१ हजार ७६१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।