कपिलवस्तुमा अज्ञात समुहको गोली प्रहारबाट एकजनाको मृत्यु



बुटवल । अज्ञात समुहको गोली प्रहारबाट कपिलवस्तुको मायाँदेवी गाउँपालिकामा एकजनाको मृत्यु भएको छ । शुक्रबार अपरान्ह अज्ञात समुहले मायाँदेवी वडा नंम्बर ६ का ५५ वर्षीय घुरहु भन्ने रामसनुज पासीमाथी गोली प्रहार गरेको थियो ।

अपरान्ह ४ बजेतिर भएको उक्त घटनामा गोली लागेर गम्भीर घाइते भएका पासीलाई उपचारको लागि जिल्ला अस्पताल तौलिहवामा लगिएकोमा ४ः१५ मा उनको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जनाएको छ ।


कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले गोली लागेर गम्भीर घाइते भएका पासीलाई अस्पताल पुर्याएपछि चिकित्सकले मृत घोषणा गरेको जानकारी दिए । मिश्रले गोली प्रहारपछि जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको र गोली प्रहारमा संलग्नको खोजी भईरहेको जानकारी दिए ।