आन्तरिक राजश्वकी कम्प्यूटर अधिकृत ३० हजार घूससहित पक्राउ



काठमाडौँ । आन्तरिक राजस्व कार्यालय महाराजगंजका कम्प्युटर अधिकृत विन्दु प्रधान श्रेष्ठ ३० हजार घूस रकमसहित पक्राउ परेकी छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले श्रेष्ठलाई बुधबार कार्यालय परिसरबाटै रंगेहात पक्राउ गरेको जनाएको छ । यसअघि मंगलबार अख्तियारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपाललाई साढे २२ लाख नगदसहित नियन्त्रणमा लिएको थियो ।