आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा १० अर्ब खर्च हुने आयोगको अनुमान



काठमाडौँ । निर्वाचन आयोगले आगमी मंसिर ४ गते हुने प्रनिनिधिसभा र प्रदेशसभा निर्वाचनमा १० अर्ब खर्च हुने अनुमान गरेको छ । आइतबार सञ्चार माध्यमका सम्पादकहरुसँगको छलफलमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले हाल अनुमानित १० अर्ब खर्च हुने आँकलन आयोगले गरेको बताएका हुन् ।

कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त थपलियाले आयोगले हालसम्म गरेको तयारी र अब गर्ने तयारीका बारेमा ब्रिफिङ गरेका थिए । उनले आयोगले स्थानीय तह निर्वाचनभन्दा यसलाई अझ शान्तिपूर्ण रुपमा सम्पन्न गराउने तयारी गरेको बताए। वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनभन्दा यसपटक मतदान स्थल र मतदान केन्द्र पनि वृद्धि हुने र मतदाता समेत वृद्धि भएकाले खर्च बढ्ने अनुमान आयोगले गरेको उनले बताए ।


अहिले करिब १ करोड ८२ लाख मतादाता रहेको आयोगले जनाएको छ । मतदानस्थल करिब १० लाख ८२५ र मतदान केन्द्र अस्थायी बाहेक करिब २२ हजार ५०० रहेको जानकारी पनि आयोगले दिएको छ ।