अर्थसचिवमा कृष्णहरि पुष्कर



काठमाडौँ । सरकारले कृष्णहरि पुष्करलाई अर्थसचिव बनाएको छ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले पुष्करलाई अर्थसचिव बनाउने निर्णय गरेको हो । उनी यसअघि राजस्व सचिव थिए।

अर्थसचिवबाट मधुकुमार मरासिनीको सरुवा भएपछि सरकारले पुष्करलाई अर्थसचिवको पनि जिम्मेवारी दिएको थियो। मन्त्रिपरिषद बैठकले राजस्व सचिवको जिम्मेवारी रामेश्वर दंगाललाई दिएको छ ।