सरकारद्वारा दुई मन्त्रालयमा अधिकृतस्तरका ५८४ कर्मचारीको अस्थायी दरबन्दी स्वीकृत



काठमाडौँ । सरकारले दुई मन्त्रालयमा ५८४ अधिकृतस्तरका कर्मचारीको अस्थायी दरबन्दी स्वीकृत गरेको छ।

भदौ ६ गते बसेको मन्त्रिपरिषद बैठकले गरेका निर्णयबारे मंगलबार  जानकारी दिँदै सरकारका प्रवक्तासमेत रहेका सञ्चार ततथा सूचना प्रविधिमन्त्री त्रानेन्द्रबहादुर कार्कीले सहरी विकास मन्त्रालय र कृषि तथा पशुपक्षी विकास मन्त्रालयमा गरी ५८४ वटा अधिकृतस्तरका कर्मचारीको अस्थायी दरबन्दी स्वीकृत गरेको जानकारी दिएका हुन्।


उनका अनुसार मन्त्रिपरिषद बैठकले सहरी विकासमा ३८० वटा र कृषि तथा पशुपक्षी विकासमा २०४ वटा गरी ५८४ जना अधिकृतस्तरका कर्मचारी अस्थायी दरबन्दी स्वीकृत गरेको हो।