समानुपातिक तर्फको निर्वाचनमा भाग लिन एमालेद्वारा आयोगमा निवेदन दर्ता



काठमाडौँ । नेकपा एमालेले आगामी प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनका लागि समानुपातिक तर्फको निर्वाचनमा भाग लिन शुक्रबार निर्वाचन आयोगमा निवेदन दर्ता गराएको छ ।

आयोगले समानुपातिक तर्फको निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलहरुलाई आयोगमा निवेदन दिन आह्वान गरेको थियो । सो बमोजिम एमालेले शुक्रबार पहिलो दिन नै प्रतिनिधिसभा सदस्य र सातै प्रदेशमा समानुपातिक तर्फको प्रदेश सभा सदस्यको निर्वाचनमा भाग लिन आयोगमा छुट्टाछुट्टै निवेदन दर्ता गराएको छ ।


दल दर्ताका लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीको अख्तियारी प्राप्त गरी निर्वाचन विभागका सचिव केदार कोइरालाले आयोगमा निवेदन दर्ता गराएका छन् ।