‘सङ्घीयता जोगाउनु दलको दायित्व हो’-राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना

df]/ª, & ebf} . /fli6«o ;efsf cWoIf u0f]zk|;fb ltldlN;gf ;‹Lotf sfof{Gjog cWoog tyf cg'udg ;+;bLo ljz]if ;ldlt / k|b]z g+ ! d'VodGqL tyf dlGqkl/ifbsf] sfof{noåf/f dªunaf/ lj/f6gu/df cfof]lht …;‹Lo zf;g k|0ffnL ;jnLs/0fÚ ljifos b'O{ lbg] cGt/lqmofsf] pb3f6gsf cj;/df dGtJo JoSQ ug'{x'Fb} . tl:a/ M dgf]h bfxfn, /f;;


माेरङ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सङ्घीय लोकतान्त्रिक गणतन्त्र जोगाउनु दलहरूको दायित्व भएको बताएका छन् ।

सङ्घीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समिति र प्रदेश नं १ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आज यहाँ आयोजित ‘सङ्घीय शासन प्रणाली सवलीकरण’ विषयक दुई दिने अन्तक्र्रियाको उद्घाटन गर्दै उनले दलहरू जनताप्रति समर्पित भएमा सङ्घीयता सवल हुनुका साथै सदृढ हुने बताए । उनले सङ्घीयताको लक्ष्य मुलुकमा सुशासन कायम गरी विभेद अन्त्य गरेकाे बताए ।


अध्यक्ष तिमिल्सिनाले मुलुकमा सङ्घीयतामा स्थापना भएको पाँच वर्षको अवधिमा लक्ष्य तोकिएको विकास निर्माण र तीन तहका सरकारले गरेका राम्रा कामको सम्बन्धमा जनतालाई जानकारी गराउनुपर्ने आवश्यकता औँल्याए । अध्यक्ष तिमिल्सिनाले सङ्घीयता साध्य हो साधन होइन भन्दै यसलाई सवलीकरण गर्न राजनीतिक दलहरूको व्यवहारमा परिवर्तन गरी जनतालाई परिवर्तनको अनुभूति गराउनुपर्नेमा जोड दिए ।