संघीय निजामती ऐन जारी गर्न त्रिपाठीको माग



काठमाडौँ । सांसद हृदयेश त्रिपाठीले संघीय निजामती ऐन जारी गर्न माग गरेका छन्। मंगलबारको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद त्रिपाठीले संघीय निजामित ऐन जारी नहुँदा कर्मचारीको सरुवा बढुवालगायत विषय अन्यौलमा परेको बताएका हुन् ।

उनले भने, ’यो ऐन कहाँनिर गएर अड्किएको छ। स्थानीय सेवा र प्रदेश सेवाको गठन हुन सकेको छैन। स्थानीय तहमा आठ प्रकृतिका कर्मचारी रहेका छन्। जसलाई समायोजन गर्न सकिएको छैन। कर्मचारीको सरुवा, बढुवा प्रभावित भएको छ । अहिले आएर कहाँ रोकिएको छ ? कहाँ अल्झिएको छ ? यसको सोधीखोजी होस्।’


त्रिपाठीले निजामती ऐन नहुँदा शासन व्यवस्था सञ्चालन तथा सुशासन कायम गर्न समस्या भएको बताए ।