वासिङ्टन डीसीमा विश्वव्यापी संसदीय समूहको सम्मेलन हुने



पच्चीस देशका २०० भन्दा बढी प्रजातान्त्रिक सुधार विचारधाराका सांसदहरूको समूहले सेप्टेम्बर १२–१४ सम्म अमेरिकाको वासिङ्टन डिसीमा वार्षिक सम्मेलन आयोजना गर्ने भएका छन् । अमेरिका स्थित पोलिटिको प्रकाशनले  सो बारे उल्लेख गरेको छ।

‘चिनियाँ सरकारले ताइवानविरुद्ध सैन्य कारबाही बढाइरहेको र युक्रेनविरुद्ध रूसको जारी आक्रमणको जटिल र संवेदनशील समयमा यो जमघट हुन लागेको’ बेल्जियम चेम्बर अफ रिप्रिजेन्टेटिभका सदस्य एवं चीनमा अन्तर–संसदीय गठबन्धनका सहअध्यक्षले बताएका  छन्। कोगोलाटीले सो शिखर सम्मेलनले चीनमा मानवअधिकार र ताइवानको लोकतन्त्रको रक्षार्थ चिनियाँ सरकारले कसरी काम गर्न सक्छ भनेर छलफल गर्न ६० जना विधायकहरूका बीच छलफल हुने बताएका छन् ।


अष्ट्रेलिया, भारत, जापान र न्यूजील्याण्डका आईपीएसी सदस्यहरूले यस महिनाको शुरुमा विधायकहरूका लागि इन्डो–प्यासिफिक फोरम शुरु गर्ने घोषणा गरेका थिए।  इन्डो–प्यासिफिक फोरमले उदार नियममा आधारित विश्व व्यवस्था, लोकतन्त्रको साझा मूल्य, अभिव्यक्ति स्वतन्त्रता र विधिको शासनको रक्षा र अभिवृद्धि गर्न संयुक्त प्रयासलाई गहन बनाउने विषयमा छलफल केन्द्रित हुने जनाएको छ। 

साथै  इन्डो–प्यासिफिक फोरमले यस क्षेत्रमा चीनको बढ्दो प्रभावलाई प्रतिक्रिया दिनको लागि समन्वयात्मक रणनीति बनाउँने पनि उल्लेख गरेको छ ।   यसैगरी सो फोरम विशेष गरी यस क्षेत्रमा उत्पन्न भएका चुनौतीहरूलाई सम्बोधन गर्न गठन गरिएको आफ्नै प्रकारको पहिलो अन्तर–संसदीय फोरम हुने पनि उल्लेख गरिएको छ।

आईपीएसीले दक्षिण कोरिया, ताइवान, प्यासिफिक टापुहरू र यस क्षेत्रका अन्य प्रजातान्त्रिक साझेदारहरूका साथै अमेरिका, बेलायत र युरोपका विधायकहरूका साथै भविष्यमा हुने अन्य बैठकहरूमा भाग लिने आशा राखेको छ।