रेणुकाको नियुक्ति र बर्खास्तीको सक्कल फाइल झिकाउन सर्वोच्चको आदेश



काठमाडौँ । सर्वोच्च अदालतले उच्च अदालत तुलसीपुरको बुटवल इजलासकी न्यायाधीश रेणुका शाहलाई गरिएको नियुक्ति र बर्खास्तसम्बन्धी निर्णयको सक्कल फाइल झिकाउने आदेश दिएको छ ।

सोमबार न्यायाधीश नहकुल सुवेदीको इजलासले परिषदले एक महिनाअघि आफूलाई गरेको बर्खास्तीविरूद्ध शाहले दिएको रिटमा सुनुवाइ गर्दै ती फाइल झिकाउने आदेश दिएको हो । आफ्नो अयोग्यता लुकाएको भन्दै असार २३ गते परिषदले साहलाई बर्खास्त गर्ने निर्णय गरेको थियो। ३०७५ चैत १९ मा उनलाई नियुक्ति गरिएको थियो ।


नियुक्ति हुनुअघि उनले आफ्नो प्रमाणपत्र पेस गरेकी थिइन्। तर छानबिनको क्रममा उक्त प्रमाणपत्र झूटो ठहरिएको थियो । उच्च अदालतको न्यायाधीश हुनलाई कानुनमा स्नातक पास गरी कम्तीमा १० वर्ष वकालत हुनुपर्नेछ। साह पूर्वप्रधानन्यायाधीश रामकुमार प्रसाद शाहकी छोरी हुन्।

त्यस्तै अधिवक्ता सल्लु तिवारीको रिटमा २०७६ साल जेठ २ गते सर्वोच्चले गरेको निर्णय पनि अभिलेख शाखाबाट मगाएको छ।