राष्ट्रपतिलाई राति प्रमाणीकरण गर्ने बानी छ, दिउँसो नपठाउनुहोलाः सांसद महत



काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद गजेन्द्र महतले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता गरेकोप्रति व्यंग्य गरेका छन्। बिहीबारको प्रतिनिधिसभा बैठकमा संसदको दुवै सदनले अनुमोदन गरेर पठाएको नागरिकता विधेयक फिर्ता पठाएपछि उनले त्यसबारे व्यंग्य गरेका हुन् ।

उनले भने, ‘सरकारले नागरिकता विधेयक फेरि राष्ट्रपति कार्यालयमा पठाउनुपर्ने होला। सरकारलाई के सुझाव दिन्छु भने दिउँसो होइन राति पठाउनुपर्यो। अप्ठ्यारा कामहरू राति नै फत्ते हुन्छन्। प्रमाणीकरण गर्नुपर्ने होला। त्यसकारण दिउँसो नपाउनुहोला। राष्ट्रपतिलाई राति गर्ने बानी परिसकेको छ। दिउँसो पठाउँदा प्रमाणीकरण हुँदैन।’


यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले पठाएको अध्यादेश राष्ट्रपति रातारात प्रमाणीकरण गरेकी थिइन्। यस्तै, उनले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले चारवटा समिति छाडे लेखा समिति दिन सक्नेसमेत बताए ।