राष्ट्रपतिबाट फिर्ता भएको नागरिकता विधेयक राष्ट्रियसभामा प्रस्तुत



काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा पुनर्विचारका लागि फिर्ता भएको नागरिकता ऐनलाई संशोधन गर्न बनेको विधेयक राष्ट्रिय सभामा प्रस्तुत भएको छ ।

आइतबारको राष्ट्रियसभाको बैठकमा राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलले राष्ट्रपति भण्डारीले पठाएको सन्देशसहित विधेयक पेस गरेका छन् । संघीय संसदको दुवै सदनबाट पारित भइ नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पुगेको थियो ।


विधेयक संशोधन गर्नुपर्ने भन्दै राष्ट्रपतिले १५ बुँदे सन्देशसहित फिर्ता गरेकी थिइन् । यता, प्रतिनिधिसभाबाट उक्त विधेयक भदौ २ गते हुबहु पारित भइसकेको छ।