रत्नपार्क क्षेत्रका अनधिकृत संरचना हटाउन महानगरले चलायो डोजर



काठमाडौँ । काठमाडौँ महानगरपालिकाले भोटाहिटीको अण्डर पासमाथि बनेका अवैध संरचना भत्काएको छ । भोटाहिटी र रत्नपार्क जोडिने अण्डरपासमाथि बनेका संरचना महानगरको सुरक्षाकर्मीसहितको टोली आफैं भत्काएको हो ।

महानगरले अवैध संरचना हटाउने अभियान जारी राखेको छ । महानगरले यसअघि कोटेश्वर,बानेश्वर, न्युरोडलगायत क्षेत्रमा अनधिकृत रुपमा बनाइएका संरचना भत्काएको थियो । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले अनधिकृत संरचना हटाउन महानगरले कार्यकारिणी अधिकार प्रयोग गरेको बताएका छन् । बालेनले अनधिकृत निर्माण तथा प्रयोजनको रोकथाम तथा नियन्त्रणका लागि कार्यकारी अधिकार प्रयोग गरेको बताएका हुन् ।