यस्तो छ नागरिकता विधेयक पुनर्विचार गर्न राष्ट्रपतिले संसद् सचिवालयमा पठाएको पत्र



काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले ‘नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ लाई संसद्मै फिर्ता पठाइदिएकी छिन् । संविधानले दिएको १५ दिनको समयसीमा पूरा गरी राष्ट्रपतिले आइतबार साँझ विधेयक फिर्ता गरिदिएकी हुन्। राष्ट्रपतिको पत्र सोमबार संसद् सचिवालयमा पुगेको छ ।

नागरिकतासम्बन्धी नयाँ विधेयक असार २४ गते संसद् सचिवालयमा दर्ता गरिएको थियो। सो विधेयक प्रतिनिधि सभाबाट साउन ६ र राष्ट्रिय सभाबाट साउन १२ मा पारित भएको थियो।