मेलम्ची–तिपेनी सडक मर्मत गरिँदै

hf]lvdu|:t ;8s l;Gw'kfNrf]s, @(;fpg M d]nDrL–ef]tfª ;8scGtu{t d]nDrL– ( /fDr] klx/f] glhs} ;8sdf uPsf] klx/f] . klx/f] ;kmf gubf{ hf]lvd df]n]/ oftfoft ;~rfng eO/x]sf] 5 . d]nDrL gu/kflnsfn] ;ftfcl3 g} sfd ;'? ug]{ eg] klg cem} dd{t ;'? ePsf] 5}g . tl:a/ M b]j/fh ;'j]bL÷/f;;


सिन्धुपाल्चाेक । मेलम्ची–तिपेनी सडक खण्ड मर्मत गर्न थालिएको छ । मेलम्ची–९ राम्चे डाँडामा पहिरो खसेका कारण अहिले मेलम्ची नगरपालिकाले सो सडक मर्मत गरिरहेको छ । मर्मतका कारण उक्त सडक हाल बन्द गरिएको हो ।

केही दिन सो बाटो हुँदै हलुकाबाहेक सवारी साधन सञ्चालन नगर्न मेलम्ची नगरपालिका तथा पाँचपोखरी गाउँपालिकाले सूचनामार्फत आग्रह गरेको थियो । बनाउन केही समय लाग्ने भएकाले केही दिन सडक अवरुद्ध हुने मेलम्ची नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धितालले जानकारी दिए ।