महाभियोग सिफारिस समितिलाई नेपाल बारले उपलब्ध गरायो प्रमाण (पूर्ण पाठसहित)



काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरााविरुद्ध नेपाल बार र सर्वोच्च बार एशोसिएसनले भ्रष्टाचारको प्रमाण पेस गरेका छन् । दुवै संस्थाले आइतबार महाभियोग छानबिन समितिलाई ३४ बुँदासहित प्रमाण पेस गरेका हुन्। उनीहरुले प्रमाण पेस गर्दै राणाविरुद्ध महाभियोग पुष्टि हुने दाबी गरेका छन् ।

छानबिन समितिले जबराविरिुद्धका प्रमाण पेस गर्न सूचना आह्वान गरेको थियो । बारले मुख्य–मुख्य त्रुटिपूर्ण फैसला, आदेश र उनले न्याय परिषद्मा रहँदा गरेका कार्यविवरण र सर्वोच्च अदालत भवन निर्माणमा भएको अनियमितता सम्बन्धी उजुरीहरु पनि प्रमाणका रुपमा पेस गरेको छ।