मतदाता नामावली संकलन आजदेखि स्थगित



काठमाडौँ । सरकारले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति घोषणा गरेसँगै निर्वाचन आयोगले मतदाता नामावली स्थगित गर्ने भएको छ । निर्वाचनको मिति घोषणापछि बिहीबार निर्वाचन आयोगले गरेको पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले तत्कालका लागि मतदाता नामावली दर्ता स्थगित गर्ने जानकारी दिएका हुन् ।

उनले आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनलाई ध्यानमा राख्दै तत्कालका लागि मतदाता नामावली दर्ता स्थगित गरेको बताए । आयोगले जिल्ला निर्वाचन कार्यालयसहित कार्यालयहरूबाट भइरहेको मतदाता नामावली दर्ता साउन २० गतेबाट स्थगित गर्ने भएको हो ।


प्रवक्ता पौडेलले अनलाइनबाट फारम भरेकाहरूको हकमा भने २१ गतेसम्म औंठाछाप लिने व्यवस्था मिलाइने बताए । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले आगामी मंसिर ४ गते एकैचरणमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्ने मिति तोकेको छ ।