भारतमा छैटौँ व्यक्तिमा मङ्कीपक्स



भारतमा मङ्कीपक्सका छैटौँ बिरामी राष्ट्रिय राजधानीमा फेला परेका छन् । दिल्लीको स्वास्थ्य विभागका अधिकारीका अनुसार विदेश यात्रा नगरेका नाइजेरियाली नागरिक उक्त रोगबाट सङ्क्रमिता भएका बताइएको छ ।

करिब एक वर्षदेखि दिल्लीमा बस्दै आएका बिरामीलाई सरकारी अस्पतालमा भर्ना गरिएको छ । यसअघि चारजना बिरामी दक्षिणी राज्य केरला र एकजना नयाँदिल्लीमा फेला परेका थिए । भारतमा उक्त रोग लागेर एकजनाको मृत्यु भइसकेको छ ।