बैतडीको सिगासबाट हवाई उद्धार गरिएकी गर्भवतीको ज्यान बच्यो, शिशुको मृत्यु



बैतडी । बैतडीको सिगासबाट आज हेलिकप्टरमार्फत उद्धार गरिएकी गर्भवतीको ज्यान बचेको छ । सिगास गाउँपालिका–६, थलाकी २० वर्षीया बिन्दु धामीको उद्धारपछि ज्यान जोगिएको छ ।

नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरेर सुर्खेतको कर्णाली प्रादेशिक अस्पताल पु¥याएकी बिन्दुको ज्यान जोगिएको उहाँका श्रीमान् दीपेन्द्र धामीले जानकारी दिए । बिन्दुको ज्यान जोगिए पनि शिशुको भने मृत्यु भएको छ । शल्यक्रिया गरेपछि बिन्दुको ज्यान बचेको र लामो व्यथाका कारण शिशुको गर्भमै मृत्यु भएको शल्यक्रियामा सहभागी चिकित्सकलाई उद्धत गर्दै दीपेन्द्रले बताए । लामो व्यथाले शिशुको गर्भमै मृत्यु भएको भन्ने चिकित्सक बताएका छन् ।


आइबारदेखि सुत्केरी व्यथा लागेकी बिन्दुको मात्रै हेलिकप्टरबाट उद्धार गरी सुर्खेत लगिएको थियो । समयमा खबर नगरिएकाले शिशुको मृत्यु भएकाप्रति बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले दुःख व्यक्त गरे । आइतबार थलाकाडा स्वास्थ्य चौकी पुगेकी धामी सुत्केरी हुन नसकेपछि तत्काल शल्यक्रिया गर्नुपर्ने भएपछि सोमबार उद्धार गरिएको हो ।

आइतबारदेखि सुत्केरी व्यथा लागेकी बिन्दुको स्वास्थ्य अवस्था खराब हुँदै गएपछि जिल्ला अस्पताल लैजान सडक सुविधा नभएको र सडकसम्म पु¥याउन ४ घण्टा बोकेर लैजानुपर्ने सो समयसम्म अत्यधिक रक्तश्राप हुने खतरा रहेकाले सुविधा सम्पन्न अस्पतालसम्म लैजान हवाई उद्धारका लागि आवश्यक समन्वय गरिदिन सिगास गाउँपालिकाले जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गरेको थियो ।