बालाजु बाइसधारा स्थित जुत्ता चप्पल कारखानामा आगलागी



काठमाडाैँ । काठमाडौँको बालाजुमा रहेको जुत्ता कारखानामा आगलागी भएको छ ।

काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइपास नजिकको एक घरमा केहीबेर अगाडि आगलागी भएको हो । जिल्ला प्रहरी कार्यालय काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बालाजु बाइपास नजिकको एक जुत्ता कारखानामा आगलागी भएको जानकारी दlP ।


अहिले उक्त स्थानमा प्रहरी टोली पुगिसकेको छ । यस्तै आगलागी नियन्त्रणमा लिन दमकलको समेत प्रयोग भइरहेको प्रहरीले जनाएको छ । 

क्षतिको विवरण आउन बाँकी छ।