बञ्चरेडाँडामा फोहोर फाल्न सत्तारुढ दलबाटै अवरोध



काठमाडौँ । काठमाडौँ उपत्यकाबाट फोहोर बोकेर बञ्चरेडाँडा जान लागेका गाडी बाटोमै रोकिएका छन् । काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरका अनुसार सोमबार बिहान फोहोर बोकेर बञ्चरेडाँडा हिँडेका गाडी बाटोमा नै रोकिएका हुन्।

आइतबार तीन राजनीतिक दलले संयुक्त रूपमा विज्ञप्ति जारी गरी आजबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटमा फोहोर फाल्न जाने गाडी रोक्ने घोषणा गरेका थिए । आइतबार सत्तारुढ गठबन्धनका दलहरु नेपाली कांग्रेसका धुनिवेशी नगरपालिकाका सभापति पूर्ण तामाङ, माओवादी केन्द्रका नगर अध्यक्ष विष्णु तामाङ र एकीकृत समाजवादी पार्टीका नगर अध्यक्ष भीषण धितालले संयुक्त विज्ञप्ति निकाल्दै यस्तो घोषणा गरेका थिए ।


१७ वर्षदेखि काठमाडौं महानगरलगायत अन्य धेरै नगरपालिकाको फोहोर धादिङ र नुवाकोटको सीमाना सिसडोल र पछिल्लो समय बन्चरेडाँडामा अव्यवस्थित तरिकाले फाल्दै आएको भन्दै उनीहरूले आक्रोश पोखेका छन्।