पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको इन्स्टाग्राम ह्याक



पाकिस्तानका पूर्व प्रधानमन्त्री तथा पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) का अध्यक्ष इमरान खानको आधिकारिक इन्स्टाग्राम खाता सोमबार ह्याक भएको बताइएको छ। ह्याकरले आफ्नो इन्स्टाग्राम अकाउन्टबाट क्रिप्टोकरेन्सीको बारेमा प्रमोशनल ट्वीट शेयर गरेको पाइएको छ । टेस्लाका सीईओ एलोन मस्कको नक्कली क्रिप्टो खाताको लिङ्क पनि उनको ह्यान्डलमा संलग्न गरिएको थियो। इमरान खानका हाल ७४ लाखभन्दा बढी फलोअर्स छन् ।

पाकिस्तानी पूर्व प्रधानमन्त्रीले भने अहिलेसम्म यस बारे कुनै आधिकारिक प्रतिक्रिया दिनु भएको छैन । उहाँका पार्टीका सदस्य र अनुयायीहरूले कुनै पनि अनैतिक पोस्टमा अन्तरक्रिया नगर्न सल्लाह दिइरहेका छन्। गत डिसेम्बरमा सर्बियामा पाकिस्तानी दूतावासको ट्विटर ह्यान्डलले सरकारी अधिकारीहरूलाई तलब नतिरेकोमा सन्देश पोस्ट गरेको थियो जसले पीटीआई सरकार र इमरान खानलाई ठूलो अप्ठ्यारोमा पारेको थियो । पछि सरकारी अधिकारीहरूले भने सो खाता ह्याक भएको दाबी गरेका थिए।