नेप्सेमा सामान्य गिरावट, कारोबार १ अर्ब ९३ करोडमा खुम्चियो



काठमाडौँ । बुधबार पनि शेयर बजारमा गिरावट आएको छ । शेयर बजार परिसूचक नेप्से बुधबार पाँच दशमलव ११ अङ्कले घटेर दुई हजार ५७ दशमलव ६८ विन्दुमा झरेको छ । बुधबार उत्पादन र लगानीबाहेक सबै समूहको शेयर ओरालो लागेको छ । नेप्सेसँगै कारोबार रकममा पनि कमी आएको छ ।

दुई सय १८ वटा कम्पनीको ४६ लाख ४० हजार कित्ता शेयर एक अर्ब ९३ करोड ५५ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नागरिक लगानी कोषको १० करोड ६८ लाख रुपैयाँको शेयर किनबेच भयो । बुधबार हिमालयन एभरेस्ट इन्सुरेन्सको शेयर १० प्रतिशतले घटेको छ ।


यस्तै हिमालयन पावर पार्टनर, गुडविल फाइनान्स, लक्ष्मी लघुवित्त, कर्णाली विकास बैंक, मञ्जुश्री फाइनान्स र रिभर फल्स कम्पनीको शेयर तीन प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटे पनि हिमालयन हाइड्रोपावरको शेयर भने १० प्रतिशतले बढेको छ ।