नागरिकता विधेयक राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिमा

sf7df8f}F, !@ ebf} . /fli6«o ;efsf] cfOtaf/ a;]sf] a}7sdf ;xefuL cy{dGqL hgfb{g zdf{nufot cGo ;b:ox¿ . tl:a/ M /Tg >]i7, /f;;


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि फिर्ता पठाएको नागरिकता विधेयक राष्ट्रियसभाले संसदीय समितिमा पठाएको छ । राष्ट्रिय सभाको आइतबारको दोस्रो बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता विधेयकलाई पुनर्विचारका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव राखेका थिए ।

नागरिकता विधेयक पुनर्विचारका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने गृहमन्त्रीको प्रस्ताव राष्ट्रिय सभाले सर्वसम्मतिले पारित गरेको थियो । राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले ’नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ लाई पुनर्विचारका लागि विधायन व्यवस्थापम समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको’ घोषणा गरेका थिए ।


संघीय संसद्का दुवै सदनबाट पारित भएको नागरिकता विधेयक राष्ट्रपति भण्डारीले फिर्ता गरेको सन्देश राष्ट्रिय सभाको आइतबारको बैठकमा वाचन गरिएको थियो । राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता गर्ने क्रममा लेखेको सन्देश वाचन गरेका थिए ।

राष्ट्रपतिले प्रमाणीकरणका लागि प्राप्त भएको १४ दिनपछि गत साउन २९ गते प्रतिनिधिसभामा फिर्ता पठाएकी थिइन् । प्रतिनिधिसभाले भदौ २ गतेको बैठकबाट विधेयकलाई जस्ताको तस्तै पारित गरेको थियो । प्रतिनिधिसभाबाट पारित भएपछि विधेयक राष्ट्रिय सभामा पुगेको हो ।

समितिले राष्ट्रपतिको सन्देशसहित विधेयकका विषयमा थप छलफल गर्नेछ । पुनर्विचार गर्न आवश्यक विषयमाथि छलफल गरेर आवश्यक ठानेमा पुनर्विचार गर्नुपर्ने व्यवस्था उल्लेख गरेर प्रतिवेदन तयार गरी राष्ट्रिय सभामा पेस गर्नेछ ।

राष्ट्रिय सभाले त्यो प्रतिवेदनमाथि छलफल गरेर स्वीकार वा अस्वीकार गर्नेछ । त्यसपछि विधेयक निर्णयार्थ प्रस्तुत गरिनेछ । राष्ट्रिय सभाको अर्को बैठक भदौ १६ गते ३ बजेका लागि बोलाइएको छ ।