दमौलीबाट कर्मचारी लिएर पोखरातर्फ जाँदै गरेको बस दुर्घटना, १० जना घाइते



तनहुँ । दमौलीबाट सरकारी कर्मचारी लिएर पोखरातर्फ जाँदै गरेको बस आज साँझ दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।

ग१ख ४०२३ नम्बरको बस पृथ्वी राजमार्ग सडकखण्डअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–१ स्थित गुणादी नजिकको सडकबाट तल खसेर दुर्घटना भएको हो ।


दुर्घटनामा परी घाइते भएकाको दमौलीको रत्नहरि मेमोरियल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । घाइतेमध्ये दुई जना गम्भीर रहेका छन् ।

घटनाको थप विवरण आउन बाँकी रहेकाले अनुसन्धान भइरहेको तनहुँ प्रहरीले जनाएको छ ।