थप ८६८ जनामा कोरोना सं‌क्रमण पुष्टि, तीनको मृत्यु



काठमाडौँ । देशभर थप ८६८ जनामा कोरोना भाइरस सं‌क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा ३ हजार ६१४ पीसीआर परीक्षणमा ४९६ र ३ हजार ९१ एन्टिजेन परीक्षणमा ३७२ जनामा संक्रमण पुष्टि भएको हो ।


यस्तै पछिल्लाे २४ घण्टामा कोरोना सं‌क्रमणबाट थप ३ जनाले ज्यान गुमाएका छन् । यससँगै हालसम्म कोरोना सं‌क्रमणबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९७७ पुगेको छ ।

मन्त्रालयका अनुसार हाल सक्रिय संक्रमितको संख्या ५८८५ रहेको छ।

पछिल्लो २४ घण्टामा १ लाख ३८ हजार ८४० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।