थप ८१४ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमितको संख्या ५ हजार नाघ्यो



काठमाडौँ । एकैदिन थप ८१४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

पछिल्लो २४ घण्टामा देशभरबाट ५४१५ नमूना परीक्षण गर्दा ८१४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


मन्त्रालयका अनुसार पीसीआर विधिबाट २७६२ र एन्टिजेनबाट २६५३ नमूनाको परीक्षण गर्दा पीसीआारबाट ५०९ र एन्टिजेनबाट ३०५ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो । 

साे अवधिमा थप २९९ जना सङ्क्रमणमुक्त भएका छन् । नेपालमा निको हुने दर ९८.३ प्रतिशत रहेको छ । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार १४४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप सङ्क्रमितको मृत्यु भएको छैन । नेपालमा हालसम्म कोभिड–१९ को सङ्क्रमणबाट ११ हजार ९६८ जनाको मृत्यु भइसकेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ११ हजार ५१३ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।