काठमाडौँ । देशभर थप ७८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ७१२ जनामा गरिएको नमुना परीक्षणमा ७८१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार पीसीआर विधिबाट २२९० र एन्टिजेनबाट २४२२ नमूनाको परीक्षण गर्दा पीसीआरबाट ४१९ र एन्टिजेनबाट ३६२ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट थप दुई जनाको मृत्यु भएको छ ।
यस्तै साेही अवधिमा थप ५११ जना कोरोनामुक्त भएका छन्।
हाल कोरोना सक्रिय संक्रमितको संख्या ५७७५ पुगेको छ।