थप ६५८ जनामा कोरोना संक्रमण पुष्टि, एकको मृत्यु



काठमाडौँ । एकैदिन थप ६५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

पछिल्लो २४ घन्टामा देशभरबाट ६६४३ नमूना परीक्षण गर्दा ६५८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


मन्त्रालयका अनुसार पीसीआर विधिबाट ३३८१ र एन्टिजेनबाट ३२६२ नमूनाको परीक्षण गर्दा पीसीआरबाट ४०५ र एन्टिजेनबाट २५३ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो ।

त्यस्तै, पछिल्लो २४ घण्टामा थप १ जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ९९३ जनाले कोभिड–१९ बाट ज्यान गुमाइसकेका छन् । 

त्यस्तै, पछिल्लो २४ घण्टामा थप ४५६ जना काराेना सङ्क्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ४ हजार २९६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३८ हजार १५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।