थप ४५५ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु



काठमाडाैँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ४५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ८२९ जनामा गरिएको परीक्षणमा ४५५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।


मन्त्रालयका अनुसार पीसीआर विधिबाट २३०८ र एन्टिजेनबाट २५२१ नमूनाको परीक्षण गर्दा पीसीआरबाट ३०५ र एन्टिजेनबाट १५० नमूनाको रिपोर्ट पोजिटिभ आएको हो ।

यस्तै सोही समयमा थप २ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३०२ जनामा कोरोना संक्रमण मुक्त भएका छन् । हाल कोरोना सक्रिय संक्रमितको संख्या ५४३५ पुगेको छ।