त्रिभुवन विश्वविद्यालयको विकृति तत्काल समाधान गर्न सरकारलाई सभामुखको रुलिङ



काठमाडाैँ । सभामुख अग्निप्रसाद सापकोटाले त्रिभुवन विश्वविद्यालयमा देखिएको तालाबन्दी लगायतका समस्या शीघ्र समाधान गर्न सरकारलाई निर्देशन दिएका छन् ।

एमालेले त्रिभुवन विश्वविद्यालयमा भइरहेको बेथिती तत्काल हल गर्न सरकारसँग माग गरेको छ । सोमबारको प्रतिनिधि सभा बैठकमा बोल्दै एमाले सांसद प्रदीप ज्ञवालीले विश्वविद्यालयमाथि सत्तापक्षबाटै पटकपटक आक्रमण हुँदै आएको बताए।


उनले विश्वविद्यालय धराशयी बनाउने माथि सरकारले कारबाही नगरेर टुलु टुलु हेरेर बसेको बताए । विश्वविद्यालयमा पटकपटक आक्रमण हुँदासमेत कुलपति र सहकुलपति संवेदनशील नभएको बताए।

ज्ञवालीले त्रिविमा गुण्डागर्दी बढेको, अराजकता बढेको, पठनपाठन अवरुद्ध भएको भन्दै सदनको ध्यानाकर्षण गराए । उनले सभामुख समक्ष ‘रुलिङ’ को मागसमेत गरे ।

ज्ञवालीले भने, ‘विश्वविद्यालय धराशयी अवस्थामा छ । हजारौं विद्यार्थी विदेश पलायन भएका छन् । शिक्षाको गुणस्तर कसरी कायम हुन्छ ? प्राध्यापकमाथि आक्रमण गर्नेको मुद्धा फिर्ता लिइयो । प्रमुख प्रतिपक्षी यो स्थिती टुलुटुलु हेरेर बस्न सक्दैन । आफूले भनेजस्तो नभएपछि विश्वविद्यालयमाथि हमला गरियो । गर्न के खोजिको हो ।’