टानको अध्यक्षमा बाँस्तोला विजयी



काठमाडाैँ । पर्वतीय पर्यटन व्यवसायीको छाता संगठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) को अध्यक्ष पदमा निलहरि बाँस्तोला विजयी भएका छन्।  

गएराति सम्पन्न टानको ४४औँ वार्षिक साधारणसभा एवं निर्वाचनबाट उनी ६१६ मतप्राप्त गरी विजयी भएका हुन्। उनका प्रतिस्पर्धी रामप्रसाद सापकोटाले २६४ मत प्राप्त गरेका छन्।  निर्वाचनमा अध्यक्षका प्रतिस्पर्धी  बाँस्तोलाको प्यानल नै विजयी भएको छ।  


निर्वाचन समितिका अनुसार टानको वरिष्ठ उपाध्यक्षमा कृष्णप्रसाद दाहाल, प्रथम उपाध्यक्षमा प्रदीप पण्डित, द्वितीय उपाध्यक्ष धनबहादुर गुरुङ, महासचिवमा विनोद सापकोटा ९बाबु० , सचिवमा होमनाथ भट्टराई र कोषाध्यक्षमा पुरुषोत्तम तिमिल्सिना, सहकोषाध्यक्षमा छिङ दोर्शी शेर्पा विजयी भएका छन्।  

महिला सदस्यमा सजना त्रिपाठी ,खुल्ला सदस्यमा सदस्यहरुमा रामप्रसाद बञ्जारा, राजु अर्याल, गणेश बहादुर अधिकारी, कुमार लामा, नविनाथ देवकोटा, सुवास भण्डारी, लाक्पा दोर्जे शेर्पा र कृष्णबहादुर परियार निर्वाचित हुनुभएको टान निर्वाचन समितिले जनाएको छ।

टानका नवनिर्वाचित अध्यक्ष बास्तोलाले टानलाई व्यवसायीको साझा संस्थाको रुपमा स्थापित गर्न सरोकारवालासँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाएका छन्।