जसपाद्वारा उम्मेदवार बन्न मापदण्ड तय, भदौ २५ भित्र नाम पठाउन निर्देशन

????????? ?????? ???? ???????? ?????? ?????(????)?? ?????? ????? ????????? ????? ?????? ??????? ?????? ??????? ????? ?????? ??????? ???????? ???? ? ?????? ? ???? ????? ????/????


काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मंसिर ४ गते हुने निर्वाचनका लागि भदौ २५ भित्र उम्मेदवारको प्रस्तावित नाम केन्द्रमा पठाउन निर्देशन दिएका छन् ।

अध्यक्ष यादवले राजनीतिक समितिको प्रथम बैठकमा प्रस्तुत गरेको प्रस्तावमा प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारको छनौट प्रक्रिया भदौ ११ देखि सुरु गर्न निर्देशन दिएका छन् ।


भदौ ११ भित्र प्रदेश तथा प्रतिनिधि सभा निर्वाचन क्षेत्र समन्वय समितिले आवश्यक छलफल गरी योग्य उम्मेदवारको नामावली जिल्ला समन्वय समितिमा सिफारिस गर्न भनिएको छ ।

त्यस्तै जिल्ला समन्वय समितिलाई भदौ १६ भित्र निर्वाचन क्षेत्र समन्वय समितिबाट सिफारिस भइ आएका नामावलीमध्ये ५ जना योग्य उम्मेदवारको सूची प्रदेश समन्वय समितिमा पठाउन निर्देशन दिइएको छ ।

प्रदेशले तीन जनाको नाम भदौ २० भित्र संसदीय बोर्डलाई पठाउनुपर्नेछ । संसदीय बोर्डले योग्यतम उम्मेदवारको नाम भदौ २५ भित्र केन्द्रीय कार्यकारिणी समितिमा पठाउनुपर्नेछ । जसपाले उम्मेदवार छनोटको दुई मापदण्ड तोकेको छ ।

त्यसरी छानिएका उम्मेदवारमा पार्टी र समाजमा लोकप्रिय, सक्रिय, दक्ष, निष्पक्ष र पार्टीमा निरन्तर खटिएका हुनुपर्नेछ । त्यस्तै प्रदेश र प्रतिनिधि सभा निर्वाचन क्षेत्रको गहन अध्ययन र विश्लेषणद्वारा उम्मेदवारको निक्र्यौल गरिने मापदण्डमा उल्लेख छ ।