चिनियाँ राष्ट्रपति सीद्वारा क्युबाली राष्ट्रपतिलाई इन्धन फार्म विस्फोट बारे दुःख व्यक्त



चीनका राष्ट्रपति तथा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव सी चिनफिङले सोमबार क्युवाका राष्ट्रपति मिगुएल डियाज–क्यानेललाई क्युवाको इन्धन भण्डारण केन्द्रमा भएको विस्फोटबाट भएको क्षति बारे दुःख व्यक्त गरेका छन् ।

क्युबाको कम्युनिष्ट पार्टी केन्द्रीय समितिका प्रथम सचिव डियाज-कानेललाई पठाएको सन्देशमा राष्ट्रपति सीले क्युबाको मातान्जास प्रान्तमा भएको इन्धन फार्म विस्फोटका कारण उतपन्न गम्भीर मानवीय तथा भौतिक क्षतिले आफू स्तब्ध भएको बताएका हुन्।


राष्ट्रपति सीले चिनियाँ सरकार र जनताको तर्फबाट विस्फोटमा मारिएकाहरूप्रति र शोकसन्तप्त परिवार र घाइतेहरूप्रति गहिरो समवेदना व्यक्त गर्दै यस दुखःद घडीमा क्युवालाई सहयोग गर्न चीन तयार रहेको उल्लेख गरेका हुन्।