गोल्छा समूहले सामसङ टेलिभिजन अब नेपालमै एसेम्बल गर्ने



काठमाडौँ । गोल्छा समूहले सामसङ टेलिभिजन नेपालमै एसेम्बल गर्ने भएको छ ।

गोल्छा समूहले बुधबार नवलपरासीको रामग्राममा उद्योगको शिलान्यास गरेको छ । नेपालका लागि सामसङ टेलिभिजनको आधिकारिक बिक्रेता गोल्छा समूह हो । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले उद्योगको शिलान्यास गरेका हुन्।


समूहले ३२ देखि ५० इन्चसम्मको टेलिभिजन एसेम्बल गर्नेछ । उद्योगमा करिब १ सय ५० जनाले रोजगारी पाउने बताइएको छ । उद्योग सन् २०२३ सम्ममा सञ्चालनमा आइसक्नेछ ।

यो प्लान्ट स्थापना गर्न गोल्छा समूहले ३० करोड रुपैयाँ खर्चिनेछ । टीभीपछि अन्य सामाग्रीको समेत उत्पादन बढाउँदै लगिने समूहले जनाएको छ।