कोटेश्वरमा दुईवटा सार्वजनिक गाडी तोडफोड



काठमाडाैँ । बन्दको अवज्ञा गरेको भन्दै बन्दकर्ताले कोटेश्वरमा दुईवटा सार्वजनिक गाडीमा तोडफोड गरेका छन् ।

कोटेश्वरको आकाशे पुल नजिक बा‍. ४ ख ९३९४  नम्बरको बसमा तोडफोड गरिएको छ । सो बसको अगाडीको भागमा क्षति पुगेको छ ।


त्यस्तै भाटभटेनी अगाडी बा.३ ख ७९०६ नम्बरको हाइस गाडी तोडफोड गरिएको छ । माइक्रोबसको अगाडीको भागको सिसा फुटेको छ । 

बस तोडफोड गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।