कर्मचारी समायोजनसम्बन्धी मुद्दाको निर्णय आइतबार



काठमाडाैँ । सर्वोच्च अदालतले आज सुनाउने भनिएको कर्मचारी समायोजनसम्बन्धी मुद्दाको फैसला आगामी आइतबार सुनाउने भएको छ । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, बमकुमार श्रेष्ठ र टङ्कबहादुर मोक्तानको आज बसेको संवैधानिक इजलासले निर्णय सुनाउने मिति आइतबारलाई सारेको हो ।

सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार आज सुनुवाइका लागि समय अपुग भएपछि आगामी आइतबारका लागि निर्णय सुनाउने मिति तय भएको हो । कर्मचारी समायोजनसम्बन्धी ९९ थान रिट निवेदनमा गत साउन १७ गते नै सुनुवाइ सकेर फैसलाका लागि आज मिति तोकिएको थियो । यो मुद्दामा फैसला नहुँदा सङ्घ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन अन्योलमा परेको छ ।