कर्मचारीलाई पक्राउ गरिएकामा वन तथा वातावरण मन्त्रालयअन्तर्गतका विभिन्न सङ्गठनको विरोध



काठमाडाैँ । वन तथा वातावरण मन्त्रालयअन्तर्गतका विभिन्न सङ्गठनले यही भदौ २ गते सुर्खेतस्थित डिभिजन वन कार्यालयबाट वन अपराधको अनुसन्धानका सिलसिलामा पक्राउ परेका धनीराम लामिछानेको मृत्यु भएको घटनापछि अरु कर्मचारीलाई पक्राउ गरिएकामा विरोध गरेका छन् ।

ती सङ्गठनले विज्ञप्ति प्रकाशन गर्दै कर्तव्य पालनाको सिलसिलामा प्रशासनले निगरानीमा लिएका सहायक वन अधिकृत कृष्णराम धिताल, फरेष्टर सन्तोष खत्री, वनरक्षक पिउषराज तिवारी तथा सुरेन्द्र रानालाई कार्यक्षेत्रमा अविलम्ब फिर्ता पठाउन माग गरेका छन् ।


वन अपराधको अनुसन्धानका सिलसिलामा पक्राउ परेका ५८ वर्षीय लामिछानेले आत्महत्या गरेको विभिन्न तथ्य र प्रमाण बाहिर आएका र यसका लागि अनुसन्धानका लागि भन्दै निर्दोष कर्मचारी पक्राउ गर्नु गलत भएको भन्दै पक्राउ परेका कर्मचारीलाई तत्काल रिहा गरी कार्यक्षेत्रमा फिर्ता पठाउन नेपाल वन प्राविधिक सङ्घका अध्यक्ष गायत्री कार्कीले माग गरे।