कञ्चनपुरमा जङ्गली हात्तीको आक्रमणबाट एकजना घाइते



कञ्चनपुर । जङ्गली हात्तीको आक्रमणमा परेर बेदकोट नगरपालिका–१ रडहाका अन्दाजी ३५ वर्षीय दुर्गा महरा आज साँझ घाइते हुनुभएको छ । सँगै रहेका दुईजना महिलाले भागेर ज्यान जोगाएका छन् ।

हराएको गोरु खोज्न गएका बेला नगरपालिका–२ स्थित पानीट्याङ्की नजिकैको जङ्गलमा हात्तीले आक्रमण गरेको वडा सदस्य विनोद बिष्टले बताए । दुर्गासँगै गएका ४५ वर्षीय बेलु बिष्ट र ३२ वर्षीय हिरा बिष्टले भागेर ज्यान जोगाएको उनले बताए ।


“हात्तीले घाइते बनाएको खबर पाउने बित्तिकै एम्बुलेन्सको व्यवस्था गरी दुर्गालाई महाकाली अस्पताल पु¥यायौँ,” उनले भने, “ दुर्गाको घाँटीमा गम्भीर चोट लागेको छ । उनको शरीरको भित्री भागमा समेत चोट लागेको छ ।” जङ्गली हात्तीले आक्रमण गर्न थालेपछि स्थानीय बासिन्दा निकै त्रसित भएका छन् ।