ऐतिहासिक रानीधारा पुनर्निर्माण गरिने



काठमाडौँ । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर सातमा रहेको ऐतिहासिक रानीधारा पुनर्निर्माण गरिने भएको छ । शुक्रबार नगरपालिका वडा नम्बर सातका वडाध्यक्ष भीमसेन थापाको प्रमुख आतिथ्यतामा रानीधाराको शिलान्यास गरिएको छ ।

नगरपालिकाको बजेटमा रानीधारा पुनर्निर्माण गर्न लागिएको हो । कार्यक्रममा घनामंगल यूथ फोरम फर सोसाइटीका अध्यक्ष भिसेन न्यौपाने, सचिव शेखर सिग्देल, माओवादी केन्द्रका तर्फबाट अमरचन्द्र बोहरा, नेकपा(एकीकृत समाजावदी)का तर्फबाट धर्मेन्द्र चापागाइँ, नगरपालिका वडा नम्बर सातका पूर्ववडाध्यक्ष जीवन थापा तथा समाजसेवी कृष्णभक्त न्यौपानेलगायतको उपस्थिति रहेको थियो ।