एमाले प्रगतिशील जनताको पार्टी हो : अध्यक्ष ओली



राैतहट । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमाले जनता एवं प्रगतिशील जनताको पार्टी भएको बताएका छन् । सोमबार रौतहटको गौरमा आयोजित बृहत् पार्टी प्रवेश तथा आमसभालाई सम्बोधन गर्दै उनले एमाले भ्रष्टाचारीलाई निरुत्साहित गरेर समृद्ध नेपाल सुखी नेपाली बनाउने पार्टी भएको बताए ।

पूर्वप्रधानमन्त्री ओलीले तराई मधेसका जिल्लाहरुले बर्सेनि कटान, डुबान र बाढीको समस्या झेल्दै आएकाले छिमेकी मुलुक भारतसँग वार्ता गरी यसको समाधान खोज्नुपर्ने बताए । उनले तराई मधेसका बालबालिकाहरुलाई गुणस्तरीय शिक्षाको व्यवस्थापन गर्नुपर्नेमा जोड दिए । सो अवसरमा गौर नगरपालिकाका पूर्वप्रमुख अजयकुमार गृप्ताको नेतृत्वमा पाँच हजार सात सय ४३ जना एमालेमा प्रवेश गरेका थिए ।