एभरेष्ट तेक्वान्दो च्याम्पियनसिप असोजमा हुने



काठमाडाैँ । नेपाल तेक्वान्दो सङ्घको आयोजनामा तेस्रो माउन्ट एभरेष्ट इन्टरनेशनल ओपन तेक्वान्दो च्याम्पियनसिप आगामी असोज पहिलो साता हुने भएको छ ।

नेपाल तेक्वान्दो सङ्घद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा आगामी असोज ६ देखि ९ गतेसम्म आयोजना हुने जानकारी गराएको हो । प्रतियोगिताअन्तर्गत जुनियर ग्योरोगी असोज ७ गते र सिनियर ग्योरोगी ८ र ९ गते हुनेछ । प्रतियोगितामा सिनियर पुरुष, महिला र जुनियर पुरुष, महिला गरी आठ तौलसमूहमा प्रतिस्पर्धा हुनेछ ।


पुरुषमा ५४ केजी, ५८ केजी, ६३ केजी, ६८ केजी, ७४ केजी, ८० केजी, ८७ केजीमुनि र ८७ केजीमाथि तौल समूहमा प्रतिस्पर्धा हुनेछ । सिनियर महिलामा ४६ केजी, ४९ केजी, ५३ केजी, ५७ केजी, ६२ केजी, ६७ केजी, ७३ केजीमुनि र ७३ केजीमाथिका स्पर्धामा प्रतिस्पर्धा हुनेछ ।

यस्तै, जुनियर पुरुषमा ४५ केजी, ४८ केजी, ५१ केजी, ५५ केजी, ५९ केजी, ६३ केजी, ६८ केजी र ७३ केजीमुनी तौल समूहमा प्रतिस्पर्धा हुनेछ । जुनियर महिलामा ४२ केजी, ४४ केजी, ४६ केजी, ४९ केजी, ५२ केजी, ५५ केजी, ५९ केजी र ६३ केजी तौल समूहमा प्रतिस्पर्धा हुने आयोजकले जानकारी दियको छ ।