एकैदिन एक हजार ९० जनामा कोरोना संक्रमण पुष्टि, दुईको मृत्यु



काठमाडौँ । एकैदिन थप एक हजार ९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

पछिल्लो २४ घन्टामा देशभरबाट ६३०० नमूना परीक्षण गर्दा एक हजार ९० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एन्टिजेन विधिबाट ३३४२ जनामा परीक्षण हुँदा ५३० जनामा संक्रमण पुष्टि भएको छ । यस्तै पीसीआर विधिबाट २९५८ जनामा परीक्षण हुँदा ५६० जनामा संक्रमण पुष्टि भएको हाे ।

यस्तै मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ भने थप ४३८ जना कोरोना संक्रमणमुक्त भएका छन्।

हाल देशभर सक्रिय संक्रमत ५ हजार ८०६ जना रहेका छन् ।