रुकुमपूर्व । रुकुमपूर्वको भूमे गाउँपालिका–३ दोमैमा पहिरो झर्दा अवरुद्ध भएको मध्यपहाडी लोकमार्ग आज बिहानदेखि सञ्चालनमा आएको छ । मङ्गलबार साँझ सडक माथिबाट पहिरो खस्दा आवागमन बन्द भएको थियो ।
सडकमा झरेको पहिरो पन्छाएपछि सडक पुनः सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले जानकारी दिए ।
काठमाडौँ, पोखरा, बागलुङबाट आएका सवारीसाधन काँक्री र खावाङमा थुनिएका थिए भने रुकुमपश्चिमबाट आएका सवारी रुकुमकोटमै थन्किएका थिए । सडक पुनः सञ्चालन भएसँगै सवारीसाधन गन्तव्यतिर लागेका छन् ।