अर्मेनियाको किनमेल केन्द्रमा विस्फोट हुँदा ६ जनाको मृत्यु, १७ बेपत्ता



‘आर्मेनियाको राजधानी येरेभानको एक बजारमा भएको ठूलो विस्फोटमा कम्तिमा छ जनाको मृत्यु भएको छ भने १७ जना अझै बेपत्ता रहेको देशको आपतकालीन अवस्था मन्त्रालयले सोमबार जनाएको छ ।

मन्त्रालयका अनुसार २८ जना अझै अस्पतालमा भर्ना छन् । विस्फोट पछि तीन तले भवन ध्वस्त भएको थियो। अहिले ३५० अग्नि नियन्त्रक र उद्धारकर्ताहरू अहिले त्यहाँ उद्धारमा जुटिरहेका छन्।


आर्मेनियाका प्रधानमन्त्री निकोल पाशिन्यानले सोमबार उद्धार कार्यको निरीक्षण गरेका समेत गरेका छन् । घटनाको कारणबारे अनुसन्धान जारी छ ।