अमेरिकी प्रथम महिला बाइडेन कोरोना भाइरसबाट सङ्क्रमित



अमेरिकी प्रथम महिला जिल बाइडेन कोरोना भाइरसबाट सङ्क्रमित भएकी छन् ।  उनकी सञ्चार उप निर्देशक केल्सी डोनोहुएले जारी गरेको वक्तव्यमा बाइडेनलाई बुधबार सङ्क्रमणको पुष्टि भएको उल्लेख गरिएको छ ।

नियमित परीक्षणका क्रममा गत मङ्गलवार भने उनलाई सङ्क्रमण देखिएको थिएन । उनले अहिले आफू सङ्क्रमित भएको पुष्टि भएपछि पछिल्लो समय आफ्नो सम्पर्कमा आएकाहरुलाई सतर्कता अपनाउन र कोरोना परीक्षण गर्न आग्रह गरेकी छन् । 


यसअघि राष्ट्रपति जो बाइडेनलाई पनि अघिल्लो बुधबार कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको थियो  । त्यसपछि उनले घरमै छुट्टै बस्ने र मस्क लगाउने गर्दै आएको उनको सचिवालयले जनाएको छ । उनी दश दिनसम्म छुट्टै बस्ने भएका छन् ।  उनले पनि आफ्नो सम्पर्कमा आएकालाई तत्काल परीक्षण गर्ने थप फैलिन नदिन सबैलाई अनुरोध गरेका छन् ।

प्रथम महिला बाइडेनलाई गत आइतबार सङ्क्रमण नदेखिएपछि उहाँ दक्षिण क्यारोलिनाबाट राष्ट्रपति बाइडेनसँगै डेलावेर गएकी थिइन् । प्रथम महिला बाइडेनलाई सङ्क्रमण पुष्टि भएपनि कुनै स्वास्थ्य समस्या भने नरहेको जनाइएको छ ।